पाँचथर हत्या प्रकरण: हत्यारा मृतक परिवारको ज्वाई

७ जेष्ठ २०७६, मंगलवार १६:४६ मा प्रकाशित

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको एकैरात हत्या गरि हत्यारा आफैले आत्मा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा हत्या भएको स्थान नजिकै भेटिएको हो ।

श्रोतका अनुसार, रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ ।

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै भएको उनले जानकारी दिएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका गरिएको माखिमको भनाई छ । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् ।

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो । आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमको दायाँ हात भाँच्चिएको र उनलाई थप उपचारका लागि फिदिम लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१