पाँचथर हत्या प्रकरणः झुण्डिएको अवस्थामा शव फेला, हत्यारा भएको आशंका

७ जेष्ठ २०७६, मंगलवार १२:२५ मा प्रकाशित

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको एकैरात हत्या भएको स्थान नजिकै एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको हो । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।

गएराति बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या भएको थियो । रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम धनराजका आफन्त हुन् । आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारी समूहले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी थिईन । सीताको दायाँ हात भाँच्चिएको र उनलाई थप उपचारका लागि फिदिम लगिएको छ ।

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी, प्रदेश प्रहरीको विशेष टोली, केन्द्रीय अनुसन्धान व्युरोका एसपी र तालिमप्राप्त कुकुरको टोली परिचालन गरिएको छ । पारिवारीक कारणले हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१