पाँचथर हत्या प्रकरणः तालिमप्राप्त कुकुर लिएर प्रहरीले थाल्यो अनुसन्धान

७ जेष्ठ २०७६, मंगलवार १२:०९ मा प्रकाशित

पाचँथर, ७ जेठ । पाचँथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ । घटनाबारे जानकारी पाउनासाथ संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली अनुसन्धानमा खटिएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि पाँचथर पुग्दैछ । प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाउँदै संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

मंगलबार बिहान ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको हत्या भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।