जग्गा विवादका कारण कालिञ्चोक केवलकार बन्द

७ जेष्ठ २०७६, मंगलवार ११:५१ मा प्रकाशित

दोलखा, ७ जेठ । दोलखाको कालिञ्चोकमा सञ्चालित केवलकार बन्द भएको छ । जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि केवलकार बन्द भएको हो । कुरी क्षेत्रका स्थानीयबासी र केवलकारबीच शनिबार विवाद भएको थियो ।

कालिञ्चोक केवलकारका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले स्थानीयले केवलकारमा तोडफोड गरेको बताएका छन् । उनका अनुसार स्थानीयले गरेको तोडफोडका कारण एउटा केवलकारको सिस्टम पूर्ण बन्द भएको छ । कालिञ्चोक केवलकारसँग २ वटा मात्रै केवलकार थिए । स्थानीयको तोडफोडबाट करिब एक करोड ६३ लाख रुपैयाँको क्षति भएको सिवाकोटीको भनाई छ ।

केबुलकारले कालिञ्चोक कालिकामाई गुठीको ४७ रोपनी जग्गा प्रयोग गर्ने गरी भएको सम्झौताअनुसार जग्गा क्षेत्रलाई तारबार लगाइएको थियो । केबुलकारले सम्झौता अनुसारको जग्गालाई प्रयोग गर्ने गरी तारबार लगाउन खोज्दा स्थानीयले विरोध गरेको शिवाकोटीको भनाइ छ । सरकारलाई कुनै कर नतिर्ने र गुठीको जग्गा अतिक्रमण गरेर बसेका स्थानीय व्यवसायीले विरोध गरेर केबुलकार बन्द गराएको उनको दाबी छ । स्थानीयबासिले भने केवलकारले होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गरेपछि विरोध गरिएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ