सात दिनमै दुई पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता शेर्पा

७ जेष्ठ २०७६, मंगलवार १०:३५ मा प्रकाशित

सोलुखुम्बु, ७ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमा दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । जेठ १ गते २३ औँ पटक सगरमाथामा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका शेर्पाले मंगलबार पनि चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका हुन् ।

उनी मंगलबार बिहान ६ः३० बजे नेपाली पट्टिको बाटो हुँदै चुचुरोमा पुगेका हुन् । आजको सफल आरोहणसँगै ४९ वर्षीय शेर्पाले २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोहीका रुपमा आफूलाई कायम गरेका छन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरो पुगेका उनले २५ पटक सगरमाथाको सफल आरोहण गरेर विश्राम लिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको