पुर्व सांसद सहित राजपाका २ नेता जेल चलान

७ जेष्ठ २०७६, मंगलवार ०९:१९ मा प्रकाशित

सप्तरी, ७ जेठ । पूर्वसांसद तथा राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् ।

किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरु थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महिनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो । यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत चार लाख धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले दुई लाख ५० हजार धरौटी माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ