पुरा भयो कांग्रेस जिल्ला सचिव भेलाको तयारी

१९ श्रावण २०६९, शुक्रबार १६:४३ मा प्रकाशित

पोखरा, १९ साउन । नेपाली कांग्रेसका जिल्ला सचिवहरुको शनिवारदेखि पोखरामा शुरु हुने राष्ट्रिय प्रशिक्षण तथा भेलाको तयारी पुरा भएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले २२ गतेसम्म तीनदिने प्रशिक्षण तथा भेला आयोजना गरेको हो ।

भेला ब्यवस्थापन समितिले शुक्रवार विहान पोखरामा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक यस्तो प्रशिक्षण हुन लागेको कास्की जिल्ला सभापति यज्ञबहादुर थापाले बताउनुभयो । सचिवहरुलाई कार्यालय ब्यवस्थापन, नेतृत्व विकास र अभिलेखीकरण, सञ्चार प्रविधि, पार्टीको सिद्धान्त तथा नीतिका बारेमा विज्ञ तथा पार्टीकै नेताहरुले प्रशिक्षण दिने समितिका संयोजक कृष्ण केसीले बताउनुभयो ।

यस्तै राष्ट्रिय राजनीतिका जल्दाबल्दा समस्या, पार्टीको भुमिका र आगामी चुनौतीका बारेमा पनि छलफल हुनेछ । भेलाको कांग्रेस सभापति सुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम छ । भेलास्थल पोखरा उद्योग वाणिज्य संघको कार्यालयमा सूचना प्रविधि सम्बन्धी सहायता कक्ष समेत निर्माण गरिएको छ । यसमार्फत सबै जिल्ला समितिको वेभसाईट बनाइने सिन्धुपाल्चोकका सचिव कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्रका नीति निर्देशनहरु समयमै जिल्लामा नपुग्ने समस्या भएपछि जिल्लाका सचिवहरुलाई सूचना प्रविधिका बारेमा दक्ष बनाउन भेला गर्न लागिएको हो । भेलामा ७५ वटै जिल्लाका सभापतिहरु सुहभागी हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्