खुर्कोटमा अप्टिकल फाइबरको शिलान्यास

६ जेष्ठ २०७६, सोमबार २१:५९ मा प्रकाशित

सिन्धुली, ६ जेठ । सिन्धुलीको खुर्काेटबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको आज शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरेपछि सिन्धुलीसहित तीनवटै स्थानबाट एकैसाथ शिलान्यास भएको हो ।

अप्टिकल फाइबर विस्तारले नेपाल टेलिकमको सेवा विस्तारसँगै टेलिफोन गर्न, इन्टरनेट चलाउन र आइटी टेलिभिजन हेर्ने सुविधा विस्तार हुने उहाँको भनाइ रहेको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना शुरु गरेको हो । उहाँले अप्टिकल फाइबर विस्तारको बोलपत्र भई सकेकाले यो योजना दुई वर्षभित्र पूरा हुने जानकारी दिनुभयो ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उहाँको भनाइ रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धुलीको खुर्काेटमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

अर्को आवमा सिन्धुली जिल्लाका धेरै भू–भागमा अप्टिकल फाइवर नेटवर्कको विस्तार गर्न सर्वेको काम भइरहको उहाँले बताउनुभयो । यसबाट सेवाग्राहीहरुले तोकेको भ्वाइस, इन्टरनेट तथा आइपी टिभी हेर्न सक्ने गरी सेवा विस्तार गर्ने उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि