प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा छायाँ सरकार गठन

६ जेष्ठ २०७६, सोमबार २१:५६ मा प्रकाशित

काठमाडौँ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न छायाँ सरकारको स्वरुपमा समन्वय समितिहरु गठन गरेको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम सो समन्वय समिति गठन गर्नुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समन्वय समितिका संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की एवं सदस्यमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल हुनुहुन्छ । परराष्ट्र मन्त्रालय समन्वय समितिका संयोजकमा डा नारायण खड्का एवं सदस्यमा डा अमेरशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य रहेको दलको कार्यालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । त्यस्तै अर्थ मन्त्रालय समन्वय समितिका संयोजकमा डा मीनेन्द्र रिजाल एवं सदस्यमा मीना पाण्डे र विनोदकुमार चौधरी हुनुहुन्छ । गृह मन्त्रालय समन्वय समितिका संयोजकमा दिलेन्द्रप्रसाद बडू एवं सदस्यमा रमेशजङ्ग रायमाझी र महेन्द्रकुमारी लिम्बू रहनुभएको छ ।

शहरी विकास मन्त्रालय समन्वय समितिका संयोजकमा उमाकान्त चौधरी एवं सदस्यमा मीनाक्षी झा र रामबहादुर विष्ट रहनुभएको निजी सचिव जोशीले बताउनुभयो । युवा तथा खेलकूद मन्त्रालय समन्वय समितिका संयोजकमा किशोरसिंह राठौर एवं सदस्यमा रंगमती शाही र दुर्गाप्रसाद उपाध्याय हुनुहुन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समन्वय समितिका संयोजकमा मीनबहादुर विश्वकर्मा एवं सदस्यमा विन्दादेवी आले राना र कर्मा घले हुनुहुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा गगनकुमार थापा एवं सदस्यमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहनुभएको काँग्रेसले जनाएको छ ।

खानेपानी मन्त्रालय समन्वय समितिका संयोजकमा सुजाता परियार एवं सदस्यमा मीना सुब्बा र नागेन्द्रकुमार राय हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय समितिका संयोजकमा पार्वता डिसी चौधरी एवं सदस्यमा सीताराम महतो र मोहन आचार्य हुनुहुन्छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समन्वय समितिका संयोजकमा देवेन्द्रराज कँडेल एवं सदस्यमा प्रकाश स्नेही रसाइली र प्रमिला राई हुनुहुन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा डा डिला संग्रौला एवं सदस्यमा प्रकाश पन्थ हुनुहुन्छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा बहादुरसिंह लामा एव सदस्यमा सूर्यबहादुर केसी र विमला नेपाली हुनुहुन्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय समन्वय समितिका संयोजकमा लक्ष्मी परियार एवं सदस्यमा प्रमोदकुमार यादव र स्मृतिनारायण चौधरी हुनुहुन्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समन्वय समितिका संयोजकमा अतहरकमाल मुसलमान एवं सदस्यमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेको संसदीय दलको कार्यालयले जनाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजकमा पद्मनारायण चौधरी एवं सदस्यमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी हुनुहुन्छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय समितिका संयोजकमा उमा रेग्मी एवं सदस्यमा लालकाजी गुरुङ्ग र हीरा गुरुङ्ग रहनुभएको छ भने रक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा भीमसेनदास प्रधान एवं सदस्यमा अभिषेकप्रताप शाह हुनुहुन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समन्वय समितिका संयोजकमा सञ्जयकुमार गौतम एवं सदस्यमा जीपछिरिङ लामा र देवप्रसाद तिमिल्सिना हुनुहुन्छ । साथै वन तथा वातावरण मन्त्रालय समन्वय समितिका संयोजकमा राजेन्द्रकुमार केसी एवं सदस्यमा मुक्ताकुमारी यादव हुुनुहुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समन्वय समितिका संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१