युक्रेनका नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीद्वारा पदबहाली

६ जेष्ठ २०७६, सोमबार २१:५१ मा प्रकाशित

किभ, ६ जेठ (एएफपी)। युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गर्नुभएको छ ।

पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उहाँले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताउनुभयो ।

हास्यकलाकार समेत रहनु भएका ४१ बर्षीय जेलेन्स्की युक्रेनको इतिहासमा अहिले सम्मकै सबैभन्दा कान्छो राष्ट्रपति भएको बताइएको छ ।

उहाँले द्वन्द्वग्रस्त डोनबस क्षेत्रमा युद्ध विराम गर्नु आफ्नो पहिलो काम हुने पनि संसदमा घोषणा गर्नुभयो । उहाँले सरोकारवालाहरुसँग तत्काल वार्ता थाल्ने पनि बताउनुभयो ।

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “हामी वार्ताका लागि तयार छौँ, वार्ताबाट समस्याको समाधान सम्भव छ ।”

उहाँले आफ्नो अर्को मुख्य चुनौती भनेको गुमेको आफ्नो देशको भूमि फिर्ता गराउनु पनि रहेको बताउनुभयो ।

उहाँलाई विश्वका धेरै देशहरुले बधाई तथा शुभकामना दिएपनि आफ्नै छिमेकी मुलुक रुसले भने बधाई तथा शुभकामना दिएको छैन ।

तिक्ततापूर्ण सम्वन्ध रहेको रुसले विवाद समाधानका लागि जेलेन्स्कीले लिने निर्णयका आधारमा युक्रेनसँगको सम्वन्ध निर्धारण हुने जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले उहाँलाई बधाई तथा शुभकामना नदिनु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय

काठमाडौँ ।गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ । सैनिक कू गरेका जनरल अब्देल फातक