सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या संख्या वर्षैपिच्छे बढ्दै

६ जेष्ठ २०७६, सोमबार १८:१९ मा प्रकाशित

कठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटना दर वर्षैपिच्छे बढिरहेको पाईएको छ । चालु आर्थिक वर्षको हाललसम्म मात्रै दुर्घटनामा मृत्यु हुनेको संख्या गतबर्ष भन्दा ६ प्रतिशतले बढेको छ ।

साविकको वाग्मती अञ्चलमा मात्रै ११ लाख ८४ हजार ९०७ सवारी साधन दर्ता भएर सञ्चालनमा छन् । यीमध्ये ४२ हजार २८२ वटा बस, १३ हजार ५ सय ५३ वटा ट्रक, डोजर पावर ट्रेलर र १ लाख ८२ हजार ३ सय ३१ वटा कार जिप छन् । त्यस्तै ६ हजार ३ सय ३० वटा टेम्पो र माइक्रो तथा ९ लाख २१ ह्जार ९ सय १७ वटा मोटरसाइकल दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२÷०७३ मा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६६ थियो । यो संख्या २०७३÷०७४ मा आईपुग्दा बढेर १८२ पुग्यो । २०७४÷०७५ मा १६८ र २०७५÷०७६ को बैशाख मसान्तसम्ममा अघिल्लो बर्षको भन्दा ६ प्रतिशत बढि २११ जनाको मृत्यु भएको छ ।

यसरी सवारी दुर्घटनामा ज्यान गुमाउने मध्येपनि मोटरसाइकल र स्कुटर दुर्घटनामा परेर ज्यान गुमाउने बढी छन् । चालु वर्षमा मृत्युवरण गरेका मध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परि मृत्यु हुने ९५ जना छन् । ७७ जना पैदल यात्रुको सवारी साधनले ठक्कर दिएर मृत्यु भएको छ भने ट्रक दुर्घटनामा १६ जना, कार दुर्घटनामा १६ जना, बस दुर्घटनाबाट ८ जना र माइक्रोको दुर्घटनाबाट १ जना मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर