युवाहरुले सिंहदरबार घेराउ गर्ने

१९ श्रावण २०६९, शुक्रबार १६:३९ मा प्रकाशित

काठमाडौं, १९ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले जनविरोधी कार्यलाई निरन्तरण दिएको भन्दै सरकार विरोधी दलका युवा विद्यार्थीहरुले सिंहदरवार घेर्ने भएका छन् । कांग्रेस, एमाले, मधेशी लगायत विपक्षिदल निकट युवासंगठनहरुको शुक्रबार बसेमो संयुक्त बैठकले आगामी २६ साउनमा सिंहदरबार घेराउन गर्ने निर्णय गरेका हुन् । बैठकमा  युवा संघ नेपाल, तरुण दल, जन स्वयंमसेवक संगठन, मधेसी युवा फोरम, प्रगतिशिल युवा संघ, नेपाल क्रान्तिकारी युवा संघ, राप्रयु संघ, जनशक्ति युवा संघ लगायतका आठ युवा संगठनको सहभागिता रहेको थियो ।

आठ युवा संघले संविधानका संरक्षक राष्ट्रपति रामवरण यादवसमक्षम राजनीतिक निकासका लागि संवैधानिक पहल गर्न आइतबार स्मरणपत्र बुझाउने युवा संघका महासचिव निरज आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । आन्दोलनका कार्यक्रम भने शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।