वर्तमान सरकारको अर्थतन्त्रः व्यापार घाटाले चुलि नाघ्यो, वैदेशीक लगानी पोहोरभन्दा आधा

६ जेष्ठ २०७६, सोमबार ११:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ जेष्ठ । अहिले धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ९ महिनाको प्रतिबेदनले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरु कमजोर देखाएको छ ।

नेपालको लागि टाउको दुखाई बनेको व्यापार घाटा झनै बढेको छ भने आयात क्षमता घटेको छ । नेपालको व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ। गत आर्थिक बर्षको तुलनामा ब्यापार घाटा २१.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको प्रतिबेदनमा व्यापार घाटा अचाक्ली बढेको देखिएको छ । ९ महिनामा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको सामान विदेशबाट आयात हुँदा नेपालले भने जम्मा ६९ अर्ब ८२ करोडका सामान निर्यात गरेको छ ।

त्यस्तै विदेशी विनीमय संचिति निरन्तर रुपमा घटेको छ । मुलुकमा भित्रिने बैदेशिक मुद्राको तुलनामा बाहिरिने मुद्रा बढी हुँदा संचित घटेको हो। आयात अत्यधिक बढ्दा बिदेशी मुद्रा संचितिमा असर परेको हो। यसले विदेशबाट बस्तु तथा सामान आयात गर्ने नेपालको क्षमता घटेको देखाउछ।

विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जबकी आर्थिक वर्षको सुरुमा नेपालसँग रहेको विदेशि विनिमय संचितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो । बिगतको तुलनामा बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपाल भित्रिने रेमिट्यान्स घटेको छ। यसले पनि नेपालको बिदेशी मुद्रा संचिति क्षमतामा ह्रास आएको हो।

मुलुकमा रेमिट्यान्स लगायतको माध्यबाट भित्रिने भन्दा ब्यापार घाटाको कारणले बाहिरिने विदेशि मुद्रा बढी हुँदा कुल विदेशी विनिमय सञ्चिति घटेर १० खर्ब ५० अर्ब ८५ करोड कायम भएको छ । आर्थिक वर्षको सुरुमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा थियो ।

बिगत १ बर्षदेखि मलेसियाको रोजगारी बन्द हुँदा त्यसको असर बैदेशिक रोजगारीमा परेको हो । अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको ३९.३ प्रतिशतले घटेको छ । तर प्रतिबेदनमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको देखाइएको छ । जुन अनुपातमा रेमिट्यान्स बढ्नुपर्ने हो त्यस अनुपातमा बढ्न सकेको छैन । गत आर्थिक वर्षको सोही अवधिमा रेट्यिान्स ५.६ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रहेकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड रहेको थियो । बैंदेशिक लगानी सहित समृद मुलुकको नारा लगाइरहेको सरकारलाई प्रत्यक्ष वैदेशिक लगानीले पनि साथ दिएको देखिदैन । गत आर्थिक वर्षको चैत्रमा १४ अर्ब ४१ करोड रहेको प्रत्यक्ष वैदेशिक चालु आर्थिक वर्षमा घटेर ७ अर्ब १० करोडमा सिमित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।