
काठमाडौँ, ६ जेष्ठ । एटिएम मेशिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ३० दिन भित्र एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने ब्यबस्था मिलाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ३० दिन भित्र यो व्यवस्था लागु गरी लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको हो । तोकिएको समयसिमा भित्र यो व्यवस्था लागु नगरे भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार