बढ्यो पदयात्रा दस्तुर

६ जेष्ठ २०७६, सोमबार ०७:०८ मा प्रकाशित

काठमाडौँ, ६ जेष्ठ । सरकारले हिमाली जिल्लामा पदयात्रा अनुमतिको दस्तुर बढाएको छ । मनास्लु क्षेत्रमा पदयात्रा जाँदा विदेशीले सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता एक सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । साथै त्यसपछि प्रतिदिन १५ डलर लाग्छ  । यसअघि एक हप्ताको ७० र त्यसपछि प्रतिदिनको १० अमेरिकी डलर थियो । डिसेम्बरदेखि अगस्तसम्म भने एक हप्ताको ७५ तथा त्यसपछिको प्रतिदिन १० डलर तिर्नुपर्ने हुन्छ । यसअघि यो अवधिमा ५० र त्यसपछि प्रतिदिन सात डलर तिर्नुपर्दथ्यो । 

माथिल्लो मुस्ताङको दस्तुर भने बढाइएको छैन । यसको शुल्क पहिलो १० दिनको पाँच सय डलर तथा त्यसपछिको प्रतिदिन ५० डलर छ । पदयात्रामा जानेका लागि माथिल्लो मुस्ताङ सबैभन्दा महँगो गन्तव्य हो । हुम्लाको शुल्क एक हप्ताको ५० तथा त्यसपछि प्रतिदिन १० डलर छ । ताप्लेजुङको कञ्चनजंघामा पहिलो साता २० र त्यसपछिको प्रतिसाता २५ डलर तोकिएको छ । तल्लो डोल्पा क्षेत्रका लागि प्रतिसाता २० र त्यसपछि प्रतिदिन पाँच अमेरिकी डलर शुल्क छ ।

गौरीशंकर क्षेत्रअन्तर्गत दोलखाको गौरीशंकर तथा बिगु गाउँपालिकाका निषेधित क्षेत्र जान यसअघि प्रतिहप्ता १० अमेरिकी डलर शुल्क रहेकोमा २० पु¥याइएको छ । त्यस्तै, गोरखाको चुमभ्याली जाने विदेशीले सेप्टेम्बरदेखि नोभेम्बरसम्म एक हप्ताको ४० र डिसेम्बरदेखि अगस्टसम्म ३० तिनुपर्ने हुन्छ । त्यसपछि प्रतिदिन सात अमेरिकी डलर दस्तुर राखिएको छ ।

संखुवासभाको भोटखोला र मकालु गाउँपालिका तथा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निषेधित क्षेत्रमा जान पहिलो चार हप्ताका लागि २० र त्यसपछि प्रतिहप्ता २५ डलर तोकिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका निषेधित क्षेत्रको शुल्क प्रतिसाता २० डलर तथा मनाङको नार्पा र नासो गाउँपालिकाका निषेधित क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता सय अमेरिकी डलर र त्यसपछि प्रतिदिन १५ डलर तिर्नुपर्ने हुन्छ । डिसेम्बरदेखि अगस्तसम्म भने प्रतिहप्ता ७५ र त्यसपछि प्रतिदिन १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । सरकारले राज्यको पुनर्संरचनासँगै निषेधित क्षेत्रको ठेगानासमेत अद्यावधिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार