‘नेतृत्व परिवर्तन भइरहनु नै पूर्वाञ्चल विश्वविद्यालयको मुख्य समस्या’

१९ श्रावण २०६९, शुक्रबार १६:३२ मा प्रकाशित

काठमाडौं, १९  साउन  । पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति तथा प्राध्यापक महेश्वरमा श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयमा बारम्बार नेतृत्व परिवर्तनका भईरहँदा विश्वविद्यालयको स्तर वृद्धि हुन नसकेको गुनासो गरेका छन् ।
राजधानीमा अनेरास्ववीयू क्रान्तिकारीले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले सरकारले ९० प्रतिसत अनुदान दिने त्रिभूवन विश्व विद्यालय र सरकारी सहयोग न्यून रहेको पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयलाई एउटै दृष्टिले हेर्न नहुने भन्दै विश्वविद्यालयलाई चाहिने आवश्यक रकम पूर्वाधार विना विश्वविद्यालयको स्तरवृद्धि हुन नसक्ने स्पष्ट पारे ।
उनले नेपालमा भएको विश्व विद्यालयहरुको उचित ब्यवस्थापन गरी शैक्षिक स्तरमा बढाउन छाडेर विदेशी विश्वविद्यालय खोल्न दिएको भन्दै त्यस निर्णय विरुद्ध विद्यार्थीहरुले प्रश्न उठाउनुपर्ने सुझाव दिए ।
सरकारले उच्चशिक्षामा पर्याप्त लगानी गर्नु पर्ने आवश्यकता औल्याउँदै उनले पूर्वाञ्चल विश्व विद्यालयले  शैक्षिक गुणस्तर बृद्धिका लागि आगामी शैक्षिक सत्रबाट परिमार्जित शिक्षा नीति ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
उनले हाल मेडिकल साईन्समा र इन्जिनियरिङ विषयमा दिँदै आएको छात्रवृत्ति अबको शैक्षिक सत्रदेखि सबै विषयमा दिने तयारीमा खुलासा समेत कार्यक्रममा गरे ।
विचार गोष्ठीमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयको अवस्था त्यसको हालसम्मको काम र शैक्षिक नीतिका विषयमा समीक्षा नगरी सुधार्न नसकिने दावी गरे । उनले प्रश्न गर्दै भने– प्रश्नपत्रहरु होटल–होटलमा भेटिन्छन् त्यो विद्यार्थीहरुले नियन्त्रण गर्नुपर्छ किन त्यो भिसीले जवाफ दिनुपर्छ ।
उनले परीक्षा समयमै नहुने, रिजल्ट समयमै नआउने जस्ता विषयमा विश्वविद्यालयका पदाधिकारीहरु संवेदनशील नहुने हो भने आफ्नो संगठनले आन्दोलन गर्ने चेतावनी दिए । वायो मेडिकल कलेजका प्रिन्सिपल विश्वप्रकाश श्रीवास्तवले पूर्वाञ्चल विश्वविद्यालयको शिक्षामा स्तरबृद्धिका लागि भिसी, प्रिन्सिपललगायत सबै होल्डरहरु एक हुनुपर्ने बताए । उनले भने–एकेडेमिक क्यालेण्डर व्यवस्थित गरेर वार्षिक कार्ययोजना अगाडि बढाउन सके सबै समस्या समाधान हुन्छ ।
मोडल क्याम्पसकी प्रिन्सिपल सानु तुलाधारले एकेडेमिक क्यालेण्डर नयाँ बनाउन सुरु भई तीन वर्षे व्याचलर डिग्रि सुरु भएको भन्दै विश्वविद्यालय, कलेज, अविभावक र विद्यार्थीहरुको सहकार्यमा शैक्षिक स्तरमा सुधार हुने दावी गरिन ।
एक्मी क्याम्पसका प्रिन्सिपल बसन्त चन्द्र मरहठ्ठाले पूर्वाञ्चल विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु स्तरीय भए पनि राम्रोको कुरा नगर्ने तर थोरै मात्रामा भएका नराम्रा तर सुध्रिँदै गएका विषयलाई पहाड नवनाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको