आचरण विपरीत काम गर्ने ५२ प्रहरी कारबाहीमा

५ जेष्ठ २०७६, आईतवार १९:०५ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । प्रहरी आचरण विपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले बैशाख मसान्तसम्म बिभिन्न किसिमको कसुरमा संलग्न ५२ जना प्रहरीलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा एक जना प्रहरी निरीक्षक, ६ जना प्रहरी नायव निरीक्षक, १० जना प्रहरी सहायक निरीक्षक रहेका छन् । प्रहरि हवल्दार ३ जना र प्रहरि जवान ३१ जना पनि कारबाहीमा परेका छन् । कारवाहिमा परेका ४ जना प्रहरीलाई जागिरबाटै हटाइएको छ भने ८ जना प्रहरी निलम्वनमा परेका छन । यस्तै १३ जना प्रहरीको तलब बृद्धि रोक्का, १ जनाको बढुवा रोक्का र १४ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी