अनलाईनबाटै ट्राफिक प्रहरीलाई जरिवाना तिर्न सकिने

५ जेष्ठ २०७६, आईतवार १७:४६ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुले अब अनलाइन मार्फत जरिवाना रकम तिर्न सक्ने भएका छन् । ट्राफिक प्रहरी महाशाखाले आगामि आर्थिक बर्ष देखि अनलाइन भुक्तानिको व्यवस्था गर्न लागेको हो ।

महाशाखाले यातायात व्यवस्था विभागसँग समन्वय गरेर इ चलानको ब्यबस्था गर्न लागेको हो । चालकलाई जरिवाना तिर्न बिभिन्न कार्यलयहरु धाउनुपर्ने अबस्थाको अन्त गर्न यो ब्यबस्था गर्न लागिएको महाशाखाले जनाएको छ । यो कार्यको लागि १७ लाख रुपैँया रकम बिनियोजन गरिसकिएको महाशाखाले जनाएकोे छ । इ चलान मार्फत चालकले अनलाइन पेमेन्ट गेट वे (डिजिटल वालेट) बाट जरिवाना रकम भुक्तानि दिन सक्नेछन ।

मापसे गरेर सवारि चलाउने, लेन अनुशासन उल्लंघन लगायतका ट्राफिक नियम उल्लंघन सम्बन्धि लाग्ने जरिवाना चालकहरुले अनलाइन मार्फत तिर्न सक्ने भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।