नक्कली प्रमाणपत्रधारी जिल्ला न्यायाधीश उपाध्यायले दिए राजीनामा

५ जेष्ठ २०७६, आईतवार १७:२९ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । न्यायपरिषदले नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिस गरेपछि जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई राजीनामा बुझाएका छन् ।

प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणा विदेश भ्रमणमा रहेकाले उनले कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । उनी विरूद्धका उजुरीमा छानविन गर्न परिषद सदस्य रामप्रसाद सिटौला र पदम वैदिकको समिति बनेको थियो । समितिले उनलाई कारबाही सिफारिस गरेको हो ।

उनले न्यायपरिषदमा भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेटमात्र बुझाएको न्यायपरिषदले जनाएको छ ।

त्यस्तै मन्सुर खाँ भन्ने व्यक्तिले नक्कली नागरिकता लिएको भन्ने मुद्दामा उपाध्यायले पुर्पक्षका लागि थुनामा नपठाएर धरौटीमा छोडेको पनि परिषदको छानविनबाट देखिएको छ । नक्कली प्रमाणपत्र लिएको पाइएमा त्यस्ता ब्यक्तिलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने कानुनी व्यवस्था छ ।

फैसला गर्दा अनियमितता गरेको र नक्कली प्रमाणपत्रका आधारमा न्यायाधीशसम्म भएको भन्दै उनी विरूद्ध उजुरी परेको थियो । तनहुँ जिल्ला अदालतमा काम गर्दा गर्दै उजुरी परेपछि उनलाई १० महिना अघि परिषदमा तानिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१