बक्यौता रकम असुल्न प्राधिकरणलाई लेखा समितिको निर्देशन

५ जेष्ठ २०७६, आईतवार १६:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ जेष्ठ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता रकम असुली थाल्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यथासिघ्र बक्यौता उठाउने काम सुरु गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि समितिले निर्देशन दिएको छ ।

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ