देउवाको नेतृत्वमा सहमतिय सरकार बन्छ : नीधि

१९ श्रावण २०६९, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडौ, १९ साउन । नेपाली काग्रेसका प्रभावशाली नेता विमलेन्द्र नीधिले सहमतिय सरकारको नेतृत्व कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले गर्ने बताएका छन् । उनले काग्रेसले पहिलानै सहमतिको प्रधानमन्त्री बरिष्ठ नेता शेरबहादुर देउवा र बहुमतीय प्रधानमन्त्री रामचन्द्र पौडेल भनेर पार्टीले निर्णय गरेको र सो निर्णय अहिलेसम्म पनि कायमै रहेको अवस्थामा विवाद गर्नुको औचित्य नभएको बताए । यद्यपि उनले नयाँ प्रधानमन्त्री सभापति सुशिल कोइराला, देउवा र पौडेलको सहमतिमै तीन मध्ये एक हुने भने स्पष्ट पारे ।
राजधानीमा आजा आयोजित कार्यक्रममा नीधिले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को एक बमोजिम सहमतिको सरकार गठनकोलागी आब्हान गरेपछि मात्रै काग्रेसले प्रधानमन्त्रीको उमेदवार सार्वजनिक गर्ने समेत साक्षात्कारमा स्पष्ट पारे । सरकार र संविधानका विवादित विषयमा एकै पटक सहमति गरेर सहमतिको सरकार गठन गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । विपक्षी दलहरुले पहिला सहमतिको सरकार पछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने धारणा सार्वजनिक गरिरहेको बेला नीधिको दुबै विषयमा एकै पटक छलफल गर्न तयार हुनु पर्ने धारणा आएको हो ।
कार्यक्रममा देउवाले फेरि पनि संविधानसभाको निर्वाचन गर्नुको विकल्प नभएको जिकीर गरे  । उनले अरुबाटो बाट बनाएको संविधान दिगो हुन नसक्ने भएकोले संविधान बनाउन संविधानसभाको निर्वाचन नै सर्वोत्कृष्ट विकल्प भएको धारणा राखे । हालै सिन्धुपाल्चोकको बाह्रविसेमा सम्पन्न नेपाली काग्रेसका  जिल्ला सभापतिहरुको भेलाले संसदीय निर्वाचनमा जान पार्टीलाई सुझाव दिए लगत्तै प्रभावशाली नेता नीधिको यस्तो भनाई आएको हो ।
नीधिले संविधानमा संविधानसभा वा संसद कुनै पनि निर्वाचनको ब्यवस्था नरहेकोले संविधान संसोधन अहिलेको आवश्यकता भएको भन्दै त्यसकोलागी केही समयकोलागी भए पनि संसदको भूमिकामा संसद ब्यूताउनु पर्ने धारणा राखे । उनले थपे–राज्यप्रमुखले संविधान संसोधन गर्न मिल्दैन । निर्वाचनकोलागी संसदीय काम गर्न थोरै समयकोलागी संविधानसभा ब्यूताउँनै पर्छ । संविधान संसोधन गरेर ताजा जनादेशमा जानुको अरु कुनै बाटो छैन ।
संसदीय निर्वाचनले अहिले मुलुकलाई निकास दिन नसक्ने दावी गर्दै नीधिले संविधानसभाले मात्रै मुलुकलाई निकास दिन सक्ने ठोकुवा गरे । उनले पहिलानै दलहरुवीच ३११ सदस्यीय केन्द्रीय संसद निर्माणमा सहमति भईसकेकोले अब हुने संविधानसभा निर्वाचनबाट पनि त्यती नै सदस्य निर्वाचित हुने गरी निर्वाचन गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको