मोटरसाईकलको पछाडी बस्नेलाई पनि हेलमेट अनिवार्य

५ जेष्ठ २०७६, आईतवार १५:४६ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । ट्राफिक प्रहरी महाशाखाले अब दुइ पाङग्रे सवारी साधनको पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने भएको छ । दुइपाङग्रे सवारी सधन दुर्घटना हुँदा अधिकांश समयमा पछाडी बस्ने यात्रुमा बढी प्रभाव पर्ने देखिएको भन्दै महाशाखाले यस्तो नियम ल्याएको हो ।

यो आर्थिक बर्षमा मात्र दुई पाङग्रे सवारी दुर्घटना हुँदा कुल दुर्घटनामध्ये ९६ प्रतिशत दुर्घटनामा मानवीय क्षति भएको छ । जसमध्ये अधिकांश दुर्घटनामा पछाडि बस्ने यात्रुको मृत्यु हुने गरेको महाशाखाको भनाई छ । ट्राफिक प्रहरीले पछाडी बस्ने यात्रुमा दुर्घटनाको समयमा प्रभाव कम गराउने उपायसहित यो व्यवस्था लागू गर्न लागेको हो । आगामी ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी यो नियम लागू गरिने महाशाखाले जनाएको छ ।

हेलमेट आइएसओ मान्यता प्राप्त हुनुपर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको