१० महिनामा पाँच लाख सवारी कारबाहीमा, सवा २५ करोड राजश्व संकलन

५ जेष्ठ २०७६, आईतवार १५:२९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ जेष्ठ । काठमाडौँ उपत्यकामा मात्रै सवारी नियम उल्लंघन गर्ने ५ लाख २ हजार ४ सय ६६ जना कारबाहीमा परेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ०७५/०७६ को बैशाख मसान्तसम्म विभिन्न कसुरमा कारबाही गरिएकाहरुको संख्या सार्वजनिक गरेको हो ।

महाशाखाले मादक पदार्थ सेवन गरि सवारि चलाउने २६ हजार ५ सय ९८ जनालाई कारबाही गरेको छ । मापसे गरेर सवारि चलाउने पुरुषको संख्या २६ हजार ४ सय ९ र महिलाको संख्या १ सय ९ जना रहेको छ ।

लेन अनुशासन उल्लंघनमा कारबाहीमा पर्ने सवारी चालकको संख्या ३३ हजार ३ सय ७७ छ । यीमध्ये ३२ हजार २७ जना पुरुष र १३ हजार ५ सय ९ जना महिला छन् ।

महाशाखाले २०७४ वैशाख १ गतेदेखि उपत्यकालाई हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो । यो अवधिमा हर्न बजाउने १२ हजार २ सय ७१ सवारीलाई कारबाही गरिएको छ । जथाभावि पार्किङ गर्ने सवारी साधनलाई २०७५ मंसिर ८ गतेबाट महाशाखाले व्हिल लक कारबाहि सुरु गरेको थियो । यसरी कारबाही भोग्नेमा २ हजार ८ सय ७६ सवारी रहेका छन् ।

मिटरमा नजाने १० हजार ७ सय ८७ ट्याक्सी पनि कारबाहीमा परेका छन् । महाशाखाले यात्रुहरु ठगिएको वा ट्याक्सीले मिटरमा हिड्न नमानेको पहिचान गर्न दैनिक ४० जना प्रहरीलाई सिभिल ड्रेसमा खटाएको छ ।

महाशाखाले लेनको नमान्ने लगाएतका कसुर गर्ने सवारि साधनलाइ सिसिटिभि क्यामरा र सर्भिलेन्स भेहिकलको माध्यमबाट पनि कारबाही गर्दै आएको छ । सिसिटिभिमा हेरेर नियम उल्लंघन गर्ने ५ हजार ६० सवारीलाइ कारबाहि गरिएको छ भने सर्भिलेन्स भेहिकल कारवाहिमा ९ सय ९५ सवारी कारबाहीमा परेका छन् ।

बैशाख मसान्तसम्ममा २८ वटा सवारि चालक अनुमतिपत्र मापसे कारबाहीमा अन्तर्गत निलम्बनमा परेका छन । मापसे गरी सवारी चलाउने १७ हजार ९ सय ५२ वटा सवारी चालक अनुमतिपत्रमा प्वाल पारिएको छ । महाशाखाले १३ जना सवारी चालक अनुमतिपत्रको परीक्षा दिने नक्कली परिक्षार्थीलाई पनि कारबाही गरेको छ ।

यसबाहेक विभिन्न नियम उल्लंगन गर्ने ३ लाख ८४ हजार २ सय ६ जनालाई कारबाही गरिएको महाशाले जनाएको छ । महाशाखाले सवारी साधन कारबाही मार्फत २५ करोड ३७ लाख ११ हजार राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले