बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

५ जेष्ठ २०७६, आईतवार १५:०६ मा प्रकाशित

बैतडी, ५ जेष्ठ । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते बनेका छन् । देउताल मन्दिरमा दर्शनका लागि हिडेका भक्तजन बोकेको ग१च ४९२१ नम्बरको जीप दशरथचन्द नगररपालिका–११, नानीगाँडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख (डीएसपी) नेत्रमणि गिरीले जानकारी दिए । मृत्यु हुनेमा दशरथचन्द नगररपालिका–१० वाराकोट बस्ने ४५ वर्षीया हीरावल्लभ भट्ट, अन्दाजी ६५ वर्षीया नरुली भट्ट रहेका छन् भने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन ।

त्यस्तै दुर्घटनामा जिपका चालक नवीन भट्ट, प्रकाश भट्ट र राहुल भट्ट गम्भीर घाइते बनेका छन् ।

यसैबीच आइतबार विहान झापाबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

आजको प्रमुख समाचार