होटल याक एण्ड यतिबाट पक्राउ परेका भारतीयलाई छुटाउन परिवारले सरकार गुहार्दै

५ जेष्ठ २०७६, आईतवार १४:३२ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट पक्राउ परेका भारतीय नागरिकका परिवारले विदेश मन्त्री शुस्मा स्वरोजलाई भेट्ने भएका छन । परिवारले सवरोजलाई भेट्दै उनीहरुलाई छुटाउन सहयोग माग्ने भएका हुन् ।

परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीलाई घटनाबारे जानकारी गराएका छन् । परिवारका अनुसार, पक्राउ परेकाहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागी हुन मात्रै आएका थिए ।

गत बैंशाख २७ गते महानगरीय प्रहरी परिसर, काठमाडौं अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलिद्धारा होटल याक एण्ड यतिबाट १२ जना भारतीय पक्राउ परेका थिए । नेपालमा बसेर अवैधानिक रुपमा नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

काठमाण्डौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार तीन जनाले महानगरीय प्रहरी परिसरमा एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । पक्राउ परेकाहरुको विषयमा विभिन्न क्षेत्रबाट उजुरी आईरहेकोले ठगी र संगठित अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर