ओखलढुंगामा जीप दुर्घटना

५ जेष्ठ २०७६, आईतवार १३:५३ मा प्रकाशित

ओखलढुंगा, ५ जेष्ठ । ओखलढुंगाको मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सुनकोशी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा हिडेको स १ ज १८१२ नम्बरको जीप मानेभञ्ज्याङ्ग गाउँपालिका–५ को बालेथाममा दुर्घटना भएको हो ।

दुर्घटनामा सुनकोसी गाउँपालिका–३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ्ग गाउँपालिका ६ का ४२ वर्षीय मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ र चन्द्रबहादुर आले मगर घाइते भएका छन् ।

त्यस्तै सुनकोसी गाउँपालिका ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङग गाउँपालिका ५ उदयपुरका कालीमाया राई रहेकी छिन् । प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार घाइते कालीमाया राई र हिरा थापाको अवस्था गम्भीर रहेको छ ।

जीप चालक भूपाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१