विश्व चर्चित ‘फिल्म फेस्टिबल’मा प्रियंका कार्कीले नेपालको प्रतिनिधित्व गर्ने

५ जेष्ठ २०७६, आईतवार १२:४४ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । फ्रान्सको पेरिसमा बार्षीक रुपमा आयोजना हुने कान्स फिल्म फेस्टिबल सुरु भएको छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । अन्तराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती हुने गरेको छ ।

यसवर्षको यो फेस्टिबल नेपालका लागि पनि विशेष रहने भएको छ । कान्सको इतिहाँसमै पहिलोपटक नेपालले पनि सहभागीता जनाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्कीले कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउने भएकीछिन् । कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् । नायिका कार्कीले आफ्नो फेसबुक अकाउन्टमा यसबारे जानकारी दिएकी छिन् ।

कान्स फिल्म फेस्टिबलमा उनको चार कार्यक्रममा सहभागिता हुनेछ । मे २० ९जेठ ६० देखि मे २४ ९जेठ १०० सम्म कार्यक्रममा सरिक हुने उनले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै

काठमाण्डौँ । अभिनेत्री वर्षा राउत अहिले श्रीमान संजोग कोईरालासँग अमेरिका भ्रमणमा छिन् । दशैँको समयमै अमेरिका पुगेकी उनी सामाजिक सञ्जालमा

एजेन्सी । बलिउड उद्योगमा अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको खबरले निरन्तरता पाइरहेको छ । तर, केही दिनअघि दुवैले

एजेन्सी । भारतीय गायीका नेहा कक्कर नेपाली संगीतप्रेमीहरुो मनमा पनि बस्न सफल गायीकामध्ये एक हुन् । उनले अघिल्लो वर्ष अचानक