हिमालय र सौर्य एयरले बुझाए पौने दुई करोड बक्यौता

५ जेष्ठ २०७६, आईतवार १२:०५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ जेष्ठ । हिमालय एयरलाईन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी बक्यौता रकम बुझाएको छ । भियतनाम एयरलाई एउटा जहाज भाडा दिएलगत्तै हिमालय एयरले १ करोड बक्यौता रकम बुझाएको हो ।

झण्डै २० करोड रुपैयाँ बक्यौता बाँकी रहेपछि विमानस्थलले ताकेता गरेको थियो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार हिमालयले आईतबार सटही हुनेगरी शुक्रबार एक करोडको चेक दिएको हो । भियतनाम एयरलाई एउटा बेम्बो जहाज भाडामा दिएको हिमालयले अहिले दुई ओटा जहाजमार्फत मात्रै उडान भर्दै आएको छ । विमानस्थललाई तिर्नु बाँकी बक्यौत रकम मासिक १ करोडका दरले बुझाउने पनि सहमति भएको छ ।

यसैबीच बिहीबार २५ लाख रुपैयाँ बक्यौता बुझाएको सौर्य एयरलाइन्सले आईतबार ५० लाख रुपैयाँ बुझाउने भएको छ । सौर्य एयरको २ करोड ८० लाख रुपैयाँ बक्यौता रहेको छ । सौर्यले गत फागुनमा भारतीय लगानीकर्तालाई जहाज बेचेको थियो । आफ्नो जहाज बेचेलगत्तै सौर्यले ५ करोड बक्यौता घटाएर २ करोड ८० लाखमा झरेको हो । सौर्यले दुई बर्षभित्रमा ६०० सिरिजका १२ ओटा जहाज ल्याउन प्रक्रिया सुरु भईसकेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको