स्वाभिमान लघुवित्तको सेयर बाँडफांड

५ जेष्ठ २०७६, आईतवार ११:१३ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । स्वाभिमान लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान शेयर बाँडफांड गरेको हो ।

आईपिओमा ३ लाख २७ हजार ७१६ जनाले आवेदन दिएका थिए । जस मध्ये २३० जनाको आवेदन रद्द भएको छ । बाँकि रहेका ३ लाख २७ हजार ७१६ योग्य आवेदक मध्येबाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो ।

त्यस्तै २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् ।

यस लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६१० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको १ लाख ८५ हजार ५८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी ४ करोड २० लाख रुपैयाँ छ । कैलाश विकास बैंकको १५ प्रतिशत संस्थापक सेयर रहेको यस लघुवित्तले आगामी आर्थिक वर्षमा नै बोनस दिने दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड