सस्तो एयरलाईन्सले उडान थप्ने

१९ श्रावण २०६९, शुक्रबार १३:३४ मा प्रकाशित

काठमाडौं, १९ साउन । नेपाली श्रमिक र मलेसिया हुंदै नेपाल जान चाहने बिदेशी पर्यटकलाई लक्षित गर्दै सवैभन्दा सस्तो दरमा टिकट उपलब्ध गराउंदै आएको एयर एसियाले काठमाडौंको उडानमा वृद्धि गरेको छ । मलेसियाको उक्त बजेट एअरलाइन्सले एक महिनाअघि मात्र नेपाल उडान थालेको थियो । एयर एशियाले आगामी सेप्टेम्बर १५ अर्थात् भदौ ३० देखि लागू हुनेगरि साताको एक उडान थप गरेर तीन पुर्‍याएको हो । सो एयरलाइन्सले जारी गरेको विज्ञप्तिका अनुसार उडान संख्या थप्न यात्रुहरुबाट माग भएपछि शनिबार समेत उडान थपी साताको तीन उडान पुर्‍याएको हो । हाल एयर एसियाले मंगलबार र बिहीवार साताको दुई उडान गर्दै आएको छ । शनिवार उडान थप्दा नेपाली श्रमिकहरुलाई सजिलो हुने एयर एसियाको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से