राष्ट्रपति र प्रधानमन्त्री लुम्बिनीमा

४ जेष्ठ २०७६, शनिबार १५:०२ मा प्रकाशित

लुम्बिनी, ४ जेष्ठ ।  आज बुद्ध जयन्ती । यस अवसरमा प्रदेश नम्बर ५ सरकारले आजकै दिनबाट लुम्बिनी पर्यटन वर्षको शुभारम्भ गरेको छ । पर्यटन वर्षको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्न आग्रह गरेकी छिन् । उनले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताइन । लुम्बिनी सहित बुद्धसँग सम्बन्धित स्थललाई बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनको जोड छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताएका छन् । लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उनले भने, ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । सिसौका रुखले उजाड बनाएको ठाउँमा, अब फलफूल रोप्नुपर्छ ।’ नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार