मिडिया काउन्सील विधेयक पास हुन दिन्नौंः देउवा

४ जेष्ठ २०७६, शनिबार १४:५० मा प्रकाशित

विराटनगर, ४ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा पास हुन नदिने बताएका छन् ।

संविधानले नै सुरक्षित गरेको प्रेस स्वतन्त्रतालाई वर्तमान सरकारले कानुन ल्याएर नियन्त्रण गर्न खोजेको देउवाको भनाइ छ । शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने भन्दै कानुन नै ल्याएर दण्डित गर्न खोज्नु सरकारको कमजोरी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

आजको प्रमुख समाचार