सरकारलाई म्यानपावर व्यवसायीको चेतावनी, ‘माग पुरा नभए कामदार विदेश पठाउँदैनौँ’

४ जेष्ठ २०७६, शनिबार ११:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ जेष्ठ । म्यानपावर व्यवसायीहरुले आफूहरुको माग सुनुवाई नभए जेठ १७ देखि आन्दोलन गर्ने चेतावनी दिएका छन । आफुहरुले पटक पटक अनुरोध गर्दापनि श्रम मन्त्रालयले माग सुनुवाई नगरेको आरोप लगाउदै व्यवसायीहरुले ५ बुंदे माग सम्बोधन गर्दिन अनुरोध गरेका छन ।

आफुहरुले राखेको माग सुनुवाई नभए जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने उनीहरुको चेतावनी छ । वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए विदेश पठाउन नै रोक्ने धम्की दिएका छन् ।

संघका अध्यक्ष रोहन गुरुङका अनुसार ५ बुंदे मागमा वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने लगायतका माग छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको