म्यानपावर व्यवसायीका अध्यक्षको खुलासा ‘विप्लबलाई बन्दुक किन्न पैसा नदिँदा घरमा बम हाने’

४ जेष्ठ २०७६, शनिबार १०:५५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ जेष्ठ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले गत महिना आफ्नो घरमा भएको बम बिस्फोटबारे खुलासा गरेका छन । गुरुङले अज्ञात समुहले बन्दुक किन्न १५ लाख माग गरेको तर आफूले नदिने बताएपछि आफ्नो घरमा कम हानिएको खुलासा गरेका छन् ।

बैदेशिक रोजगार व्यवसायी संघको बिशेष भेलामा अध्यक्ष गुरुङले ‘२ नाल बन्दुक किन्नलाई १५ लाख दिन भन्दै संघमा पत्र आयो, गोली बारुदको लागि पैसा दिइन्न, भनेर जवाफ पठाए’ भने । गाउँमा स्कूल बनाउन, स्वास्थ्य सेवा केन्द्र खोल्न वा बाटो बनाउन पैसा आवश्यक छ भने त्यो बेलामा बिचार गर्ने तर गोलि बारुदको लागि पैसा दिन नसक्ने जवाफ पठाएपछि ३ महिनासम्म त्यो समुहले आफुलाई खेदेको गुरुङको गुनासो छ । अहिले बैदेशिक रोजगार व्यवसायमा सेवारत व्यवसायीहरु पैसा दिन सक्ने अवस्थामा नरहेको भन्ने जवाफ लेखेपछि उक्त समुहले त्यसको तीन महिनापछि आफ्नो घरमा बम हानेको उनको भनाई छ ।

गत फागुन २५ गते अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । उक्त बम बिष्फोटमा कार ध्वस्त हुनुको साथै गुरुङको घरमा पनि आगलागीका कारण क्षति भएको थियो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३