यूएनए ‘नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल’को क्यालिफोर्निया अडिसन सम्पन्न

४ जेष्ठ २०७६, शनिबार ०१:४३ मा प्रकाशित

लस-एन्जलस । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका, (यूएनए)को चौथौ सम्मेलनका अवसरमा आयोजना गर्न लागिएको नेपाली अमेरिकन लिटिल ट्यालेन्ट शोको क्यालिफोर्निया अडिसन सम्पन्न भएको छ ।
अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन बालबालिकाहरुको प्रतिभा तथा क्षमता अभिवृद्धिको लागि लिटिल ट्यालेन्ट शो आयोजना गर्न लागिएको र नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ क्यालिफोर्निया अडिसन सम्पन्न भएको संयोजक टेक लामाले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा ७ बर्षदेखी १६ बर्ष उमेर समुहका बालबालिकाहरु आफ्नो प्रतिभा सहित सहभागी भएका थिए ।
क्यालिफोर्निया अडिसनमा सहभागी बालबालिकाहरुबाट यूएनए)को चौथौ सम्मेलनमा आयोजना हुने युएनए लिटिल ट्यालेन्ट शोका लागि तिनजना प्रतियोगी छनौट गरिएको छ ।
सो कार्यक्रममा गायन अन्तर्गत प्रतिक लामिछाने,आदित्य बराल र नृत्यमा इप्सिका पाण्डे,जेस्ना सिटौला,प्रीति लामिछाने र क्षितिज पौडेल गरि जम्मा ७ जना बालबालिकाहरु सहभागिता भएको थियो भने तिनजना छनौट प्रतियोगीहरुमा प्रथम जेस्ना सिटौला,दोस्रो ईप्सिका पाण्डे र तृतीय क्षितिज पौडेल भएका छन् ।
लसएन्जल्सबाट छानिएका भाइबहिनीहरु सेमी फाईनल राउण्डका लागि यहि में २५ र २६ गते हुन गईरहेको चौथो युएनए कन्भेन्सनको लागि न्युयोर्कमा सहभागी हुन जानेछन् । लिटिल ट्यालेन्ट शोको निर्णायकहरुमा गायन तर्फ लोक गायिका शिला आलेमगर र एस राज प्रोडक्सनका शंकर राज वाग्ले निर्णायक रहेका थिए भने नृत्य तर्फ लसएन्जल्सबासी नृत्यकार सुरज श्रेष्ठ र टेक वाईबा रहेका थिए भने मार्शल आर्ट तर्फ तेक्वान्दो प्रशिक्षक केशर लामा रहेका थिए । लिटिल ट्यालेन्ट शो छनौट कार्यक्रमको संचालन डोल्मा लामाले गरेकी थिईन् ।
स्मरण रहोस अगुवा नेपाली अमेरिकन टेक लामाले अमेरिकमा हुर्किरहेको दोस्रो पुस्तालाई मातृभूमिको कला संस्कृति सिकाउने र प्रचार गर्ने कार्यमा निरन्तर लाग्दै आउनु भएको छ । कार्यक्रमको विस्तृत भिडियो यस लिंकमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान