अर्थमन्त्रीलाई व्यवसायीका सुझावः आयकर सीमा ७ लाख पुर्याउनोस्

३ जेष्ठ २०७६, शुक्रबार १८:२८ मा प्रकाशित

काठमाडौ, ३ जेष्ठ । उद्योगी व्यवसायीहरुले भ्याटको दर १० प्रतिशतमा झार्न सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरुले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी बजेटका सम्बन्धमा यस्तो सुझाव दिएका हुन् ।

बहुदरको भ्याटमा अर्थमन्त्रीले असहमति जनाएपछि उनीहरुले १० प्रतिशतको नयाँ विकल्प दिएका हुन् । सरकारले हाल मूल्य अभिवृद्धि करवापत १३ प्रतिशत उठाउँदै आएको छ ।

भ्याटबाहेक उद्योगीहरुले संस्थागत आयकर, व्यक्तिगत आयकर तथा कारोबार करलाई घटाउन सकेत माग गरेका छन् । उनीहरुले कर लाग्ने व्यक्तिगत आयको सीमा ७ लाख पुर्याउन माग गरेका छन् । उनीहरुले हाल रहेको अविवाहितलाई ३ लाख ५० हजार र विवाहितको हकमा ४ लाख रहेको आयकरको सीमालाई क्रमशः ५ लाख र ७ लाख बनाउनुपर्ने माग गरेका हुन् । त्यस्तै, सो सीमाभन्दा माथि ३ लाख रुपैंयासम्मको आयकर १५ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने उनीहरुले माग गरेका छन् ।

हालको संस्थागत आयकरको सीमालाई ५ प्रतिशत घटाउनुपर्ने माग गरेका छन् । हाल बैंक तथा वित्तीय संस्था र अन्य नकारात्मक बाह्यता भएका वस्तुहरुमा ३० प्रतिशत र अन्य कम्पनीहरुको हकमा २५ प्रतिशत आयकर लाग्दै आएको छ । केही कम्पनीहरुलाई भने आयकरमा छुट दिई २० प्रतिशत लिने व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु