मिडिया काउन्सिल विधेयकको बिरोधमा देशैभरका पत्रकार आन्दोलित

३ जेष्ठ २०७६, शुक्रबार १८:२२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ जेष्ठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरुले संसद भवन घेराउ कार्यक्रम गरेका छन् । शुक्रबार काठमाडौँको नयाँबानेश्वरमा नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले संयुक्त रुपमा बिधेयकको बिरोध गरेका हुन् ।

धर्नामा सहभागीले संसदमा पेश भएको विधेयक फिर्ता गर्न माग गर्दै संविधानले दिएको प्रेस स्वतन्त्रता कार्यान्वयन गर्न आग्रह गरेका छन् । पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड बोेकेर कालो पट्टी बाँधेका थिए ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए । उनले सडकको आवाज लोकतन्त्रको र मौलिक अधिकारको आवाज भएको बताउँदै यो आवाजको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने बताए ।

काठमाडौँ सहित देशैभर आज विरोध प्रदर्शन भएको छ । जिल्लाका पत्रकारहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना सदएका छन् ।

सरकारले आचार संहिता विपरितको समाचार प्रकाशन गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेपछि पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार