चुनावमा पार्टीलाई हराउन लाग्नेहरु म विरुद्ध उभिएः सभापति देउवा

३ जेष्ठ २०७६, शुक्रबार १८:१५ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु पार्टी भित्रै रहेको खुलासा गरेका छन् । चुनावमा पार्टीलाई हराउन लाग्नेहरुनै अहिले आफूविरुद्ध उभिएको देउवाको दाबी छ ।

सभापति देउवाले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे ।

दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले त्यो हारको दोष आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति समेत जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१