राष्ट्रिय गौरवको आयोजनामा निर्माण सामग्री अभाव

३ जेष्ठ २०७६, शुक्रबार १७:४८ मा प्रकाशित

पोखरा, ३ जेष्ठ । निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम रोेकिएको छ । लोकमार्ग अन्तर्गत पर्ने पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कास्कीको फेदी खण्डमा निर्माण सामग्रीको अभाव भएपछि निर्माण कार्य बुधबारदेखि रोकिएको हो ।

लोकमार्गको पर्वत खण्डको निर्माण कार्य सुस्त छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभाव भएपछि कालोपत्र गर्ने काम रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म ६ किलोमिटरभन्दा बढी सडक कालोपत्रका लागि बेस बिच्छ्याएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्र गर्न निर्माण सामग्रीको अभाव भएको छ । असार अगावै १२ किलोमिटरभन्दा बढी सडक कालोपत्र गर्ने लक्ष्य आयोजनाको छ ।

आयोजनाकोे लागि आबश्यक पर्ने ढुङ्गा अभाब भएको कारण द्रुत गतिमा भइरहेको काम दुई दिनदेखि स्थगित गर्नुपरेको कम्पनीका साइड इञ्चार्ज काशीराज बोहराले बताए । गाउँपालिकाको स्वीकृतिमा निर्माण कम्पनी स्थानीय वन क्षेत्रबाट ढुङ्गा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान बनाउने सहमति र गाउँपालिकालाई करसमेत बुझाएर ढुङ्गा उत्खनन हुँदै आएकामा वन डिभिजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन रोक्न पत्र थमाएपछि आयोजनाको काम रोकिएको हो । उक्त खण्डमा अहिलेसम्म स्ट्रक्चरको काम करीब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामग्री सहज भएको अवस्थामा आगामी वर्षको हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इञ्चार्ज बोहराले बताए।

पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा विद्युत्का पोल स्थानान्तरण गर्न समस्या भएपछि सोचेअनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । नयाँपुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ,दिवा र एपेक्स जेभीले दिएको जानकारीअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामग्रीको अभाव भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले