स्थानीयको अवरोधले धरहरा निर्माणको काम अवरुद्ध

३ जेष्ठ २०७६, शुक्रबार १४:४३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ जेष्ठ । स्थानीयले अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने माग पूरा नभएको भन्दै स्थानीयले शुक्रबार निर्माण स्थलमा अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको हो ।

धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार स्थानीयका अवरोधका कारण काम रोकिएको छ । आयोजनाको करिब १३ प्रतिशत काम सकिएको उनको भनाई छ ।

स्थानीयले ६ महिनादेखि आवात–जावत सहज बनाउन पैदलमार्ग खुला गर्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले धरहरा बनाउँदा ऐतिहासिक सम्पदा सुन्धारालाई वेवास्ता नगर्न पनि माग गर्दै आएका छन् । धराहरा निर्माण समितिले भने धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।