संस्कृतिविद् जोशीलाई चीन भ्रमणको निम्तो

३ जेष्ठ २०७६, शुक्रबार १४:०६ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । संस्कृतिविद् सत्यमोहन जोशीलाई चीन भ्रमणको निम्तो आएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर भेट गरी चीन भ्रमणको प्रस्ताव पनि गरेकी छिन् ।

वैशाख ३० गतेबाट सय वर्ष लागेका जोशीले भने उमेरका कारण आफू चीन भ्रमणका लागि असमर्थ रहेको प्रतिक्रिया दिएका छन् । ४५ मिनेट लामो कुराकानीमा राजदूत यान्छीले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत गरेकी थिइन् । जोशीले सो अवसरमा अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु तथा अरनिको र नेपाल एवं चीनको सम्बन्ध बारेमा र चिनियाँ भाषाको बारेमा आफूले गरेको अनुसन्धानको विषयमा राजदुत यान्छीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार