ट्यांकरको ठक्करबाट युवतीको मृत्यु

३ जेष्ठ २०७६, शुक्रबार १३:२९ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । काठमाडौँका सुन्धारास्थित काठमाडौं मल अगाडि पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

सुन्धराबाट वीर अस्पतालतर्फ गइरहेको ना २ ख ४२२२ नम्बरको पानी ट्यांकरले बिहान सवा १० बजे बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार काभ्रे, पनौती १० की २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक उनका पिता रामशरण केसी गम्भीर घाइते भएका छन् । उनको अहिले बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्याङ्कर चालक अमर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत