सगरमाथा र मकालुमा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

३ जेष्ठ २०७६, शुक्रबार १२:०३ मा प्रकाशित

सोलुखुम्बु, ३ जेष्ठ ।  सगरमाथा र मकालु हिमाल आरोहण गरेर फर्किदा दुई भारतीय आरोहीको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

बिहीबार दिउँसो आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । उनी त्यहाँ सुतेको सुत्यै भए । सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।

यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्किँदा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि मृत्यु भएको छ । ८४८१ मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ताका दिपंकर घोष भने हराइरहेका छन् ।

यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।