विद्यूत नभए पनि अब मोबाइल चार्ज हुने

१९ श्रावण २०६९, शुक्रबार १२:५० मा प्रकाशित

काठमाडौं, १९ साउन । विभिन्न प्रविधिमाथि निर्भर हुन थालेका आजका मानिसको लागि मोवाइल फोनलगायतका अन्य ग्याजेटहरु रिचार्ज गर्ने समस्याले पिरोल्ने गर्छ । अकस्मात आइपर्ने यस्तो समस्यालाई अब वैज्ञानिकहरुकै पछिल्लो आविष्कारले निराकरण गरिदिने भएको छ ।
अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरूले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतीय ऊर्जा संचित गर्नसक्छ। यसरी विद्युत् ऊर्जा संचित गर्न सक्ने टिसर्टको माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरूको समेत ब्याट्री चार्ज गर्न सकिने उनीहरुले दाबी गरेका छन्। उनीहरुले त यहांसम्म जानकारी गराएका छन् कि अब छिटै टिसर्टबाटै चार्ज हुने ल्यापटप तथा स्मार्टफोन बजारमा आउने छ ।
एजेन्सीहरुका अनुसार अनुसन्धानका क्रममा प्राध्यापक जियाओडोङ ली तथा शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए। त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहे को सेलुलोज भनिने पदार्थबाट कार्बन अणुहरू एक्टिभेटेड अर्थात् रासायनिक रूपमा सक्रिय भए। यसरी कार्बन अणुहरू एक्टिभेटेड भएको उक्त टिसर्टका रेसाहरूले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत् चार्ज संचित गर्न क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरूले प्रमाणित गरे। यसरी यस्तो टिसर्टको रेसालाई म्यागानिज अक्साइडको लेपन लगाए त्यसको चार्ज संचिति क्षमता उच्च हुने र उक्त टिसर्ट उच्च क्षमताको क्यापासिटर बन्ने उनीहरूको भनाइ छ। यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरूले सुपर क्यापासिटर नाम दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ