पार्टी एकताका विषयमा अवान्छित अभिव्यक्ति नदिन ओलीको आग्रह

३ जेष्ठ २०७६, शुक्रबार ११:२० मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीसँग दुई तिहाइभन्दा अलिकति कम मत आएको पनि धेरैलाई नपचेको बताए ।

‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं,’ प्रधानमन्त्रीले भने । ‘सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा विरोध गर्नु पर्ने कुरा केही नभेटेपछि राष्ट्रपतिको सम्बोधनमा प्रयोग भएको मेरो सरकार भन्ने शब्दमा विरोध भएको उनको टिप्पणी छ । ओलीले भने,‘बालुवाटार जग्गाको छानबिन हामीले थाल्यौं, हमला हामी विरूद्ध भयो । त्यो जग्गामा ४७ सालदेखि के(के भएको छ भनेर सरकारले खोजिरहेको छ, फेरि पनि आरोप हाम्रा विरूद्ध छ ।’

पार्टी एकताका सन्दर्भमा प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई सचेत गराए । ‘आवेशमा आएर आन्तरिक कुरा सार्वजनिक रूपमा भन्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय