सगरमाथा आरोहण बन्द

३ जेष्ठ २०७६, शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । सगरमाथा आरोहणको तेस्रो दिन बिहीबार सय जनाले सगरमाथाको आरोहण गरेका छन् । वसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोहीमध्ये सय जनाले आरोहण सकेका हुन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयजनाले आरोहणमा सफलता पाएका हुन् । पहिलो दिन मंगलबार आठजना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको थियो । बुधबार करिब ५० आरोही शिखरमा पुगेका थिए ।

यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका तीन सय ७८ आरोहीले अनुमति पाएका छन्, जसमा १३ नेपाली छन् । आधार शिविरमा आरोहीका सहयोगी, सरकारका सम्पर्क अधिकृत छन् भने त्यसभन्दा माथि आरोहण दलका सदस्यहरू छन् । क्याम्प ४ सम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराको बन्दोबस्तीका साथ राखिएको बताइएको छ ।

सगरमाथाको सफल आरोहण गरिसकेका आरोहीहरू फर्किंदै छन् । २३औं पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पाको टोलीले बिहीबार आधार शिविरबाट नाम्चे फर्किदैछ ।

शुक्रबारदेखि भने आरोहण रोकिनेछ । मौसम प्रतिकूलताको सम्भावना देखिएकाले अब मे २१, २२ र २३ मा आरोहीले सगरमाथा चढ्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार