१० नेपाली सहित ३६ जनाद्व्रारा कञ्चनजङ्घा हिमाल आरोहण, दुईको मृत्यु

३ जेष्ठ २०७६, शुक्रबार ००:१८ मा प्रकाशित

ताप्लेजुङ २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् ।

आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवैको मृत्यु भएको बताइएको छ ।

यसैबीच बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन् । अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा शव तल ल्याउने प्रयास भइरहेको छ । कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ । त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकार बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार