चार महिनामा भित्रिए साढे चार लाख पर्यटक

२ जेष्ठ २०७६, बिहीबार १८:५४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ जेष्ठ । सन् २०१९ को चार महिनामा नै साढे ४ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अप्रिलसम्म नेपालमा ४ लाख ४५ हजार १०९ जना पर्यटक घुम्न आएका छन् । यो संख्या सन् २०१८ को यो अवधिको तुलनामा १५ दशमलव ३० प्रतिशतले बढी हो ।

सन् २०१८ को पहिलो चार महिनामा नेपालमा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएका थिए । यो वर्षको पहिलो चार महिनामा एसिया क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटक २२ प्रतिशतले बढेका छन् । एसियाबाट पछिल्लो चार महिनामा १ लाख ४० हजार ९ सय ६० पर्यटक आएका छन् । गत वर्षको यसै अवधिमा एसियाली देशबाट नेपालमा १ लाख १४ हजार पर्यटक आएका थिए ।

यस्तै युरोपबाट आउने पर्यटक २ दशमलव ७३ प्रतिशतले बढेका छन् । गएको वर्षको पहिलो चार महिनामा ८२ हजार ७ सय ७० पर्यटक नेपाल आएकोमा यो वर्ष ८५ हजार २७ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै अमेरिकी क्षेत्रबाट नेपाल आउने पर्यटक ११ दशमलव १२ प्रतिशतले बढेका छन्, पोहोर चार महिनामा ३५ हजार ९ सय १६ जना पर्यटक नेपाल आएकोमा यो वर्ष ३९ हजार ९ सय १० जना पर्यटक नेपाल आएका छन् ।

यस्तै अन्य क्षेत्रबाट आउने पर्यटक १९ प्रतिशतले बढेर ६७ हजार ६ सय ४४ पुगेका छन् ।

४ महिनाको अवधीमा चाइनिज ताइपेइबाट आउने पर्यटक झण्डै ७० प्रतिशतले बढेका छन् भने बंगलादेशबाट आउने पर्यटक ३३ प्रतिशतले घटेका छन् नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी