नक्कली प्रमाणपत्रको भरमा बढुवा

२ जेष्ठ २०७६, बिहीबार १८:४१ मा प्रकाशित

मोरङ, २ जेष्ठ । मोरङमा नक्कली शैक्षिक प्रमाणपत्रको भरमा कर्मचारीको बढुवा भएको पाइएको छ । बुढीगंगा गाउँपालिकामा कार्यरत इन्जिनियर चन्द्रनारायण चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो ।

चौधरीको नक्कली प्रमाणपत्रको आधारमा बढुवा भएको पाइएपछि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । इन्जिनियर चौधरीले बिहार विद्यालय परीक्षा समिति, पटनाबाट एसएलसी पास गरेको झुटा विवरण पेस गरी जागिर खाएका र बढुवा भएको भेटिएको हो ।

चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार