पप्पुले बनाउँदै गरेको तीनकुने पुलमा संसदीय समिति

२ जेष्ठ २०७६, बिहीबार १७:५८ मा प्रकाशित

काठमाडौँ, २ जेष्ठ । विकास निर्माणको स्थलगत अनुगमन गर्न संसदको विकास तथा प्रविधि समिति फिल्डमा निस्किएको छ । समितिले आज तीनकुनेको बाग्मती नदी माथि निर्माण भइरहँदा रोकिएको पुलको निरीक्षण गरेको छ । निलम्बित सांसद हरिनारायण रौनियार मालिक रहेको पप्पु कन्स्ट्रक्सनले बनाइरहेको यो पुलमा प्राविधिक गडबडी भएको भन्दै सडक विभागले निर्माण रोकेको छ ।

डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण करिब ५ महिनादेखि रोकिएको छ । निरीक्षणका क्रममा निलम्बित सांसद तथा पप्पुका सञ्चालक सुमित रौनियारका बाबु हरिनारायण रौनियार पुगेका थिए । उनी संघय सांसदको लोगो लगाएरै निर्माणस्थलमा पुगेका थिए ।

समितिले यो पुलको निर्माण तत्काल अघि नबढाउन काठमाडौं सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ । पुल निर्माणमा कसको लापरवाही हो भन्नेबारे समितिले छानविन गर्ने भएको छ ।

कम्पनीले भने मापदण्ड अनुसार नै पुल बनाइएको दावी गर्दै आएको छ । पप्पुले टेकुमा विष्णुमतीमा बनाएको पुल पनि निर्माण नसकिँदै भत्काउनुपर्ने ठहर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले